भक्तपुर, ७ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विद्यार्थीलाई असल राजनीति सिकाएर देशभक्त नागरिक बनाउनुपर्ने बताएका छन् । उनले देशभक्त नागरिक बनाउन टोलटोलमा गएर अहिलेका छोराछोरीलाई राजनीति सिकाउन आह्वान गरेका हुन् । भक्तपुर नगरपालिकाको चौधौँ नगरसभा आज उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले अहिलेको राजनीति विकृति बनेको भन्दै युवा पुस्ताका विद्यार्थीलाई असल राजनीति सिकाएर…