बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३१ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १४ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला २५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।