एमालेको केन्द्रीय कोषमा चार वर्षमा ६६ करोड आम्दानी, साढे १४ करोड बचत

काठमाडौँ, २२ भदौ । नेकपा (एमाले)ले पछिल्लो चार वर्षमा केन्द्रीय कोषमा झण्डै ६६ करोड आम्दानी गरेको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा शनिबार पेश भएको लेखा आयोगको प्रतिवेदनअनुसार यस अवधिमा जसमध्ये सबैभन्दा बढी सदस्यता शुल्क र लेबीबाट करिब ३४ करोड आएको छ । जम्मा खर्च  ५१ करोड र कुल बचत  १४ करोड ५८ लाख रूपैयाँ देखाइएको…