काठमाडौँ, २५ फागुन । आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका…