काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले लघुवित्त संस्थाका कारण गरिब झन्झन् गरिबीले थला परेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले आँखा चिम्लँदा लघुवित्तको सुपरिवेक्षण नभएको जिकिर गरे । उनले भने, “अति न्यून आय भएका गरिबलाई त्यो गरिबीको आहालबाट निकाल्ने काम होला भनेको लघुवित्त संस्थाको कारण…