मधेशको मुख्यमन्त्री कार्यालयबाट ६ वटा सफ्टवेयर गायब

जनकपुरधाम, १३ भदौ । मधेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६५ लाख रुपैयाँमा खरिद गरेका ६ वटा सफ्टवेयर कार्यालयमै नल्याई गायब पारिएको छ । कार्यालयले इनभेन्ट्री म्यानेजमेन्ट इनफरमेसन सिस्टम (आईएमआईएस), अफिस अटोनोमेसन सिस्टम (ओएएस), पर्सनल इनफरमेसन सिस्टम (पीपीआईएस), कन्ट्रयाक्ट म्यानेजमेन्ट इनफरमेसन सिस्टम (सीएमआईएस), प्रोजेक्ट परफरमेन्स सिस्टम (पीपीआईएस) र डाटा इन्ट्री एन्ड रिपोर्टिङ एप्लिकेसन सिस्टम सफ्टवेयर…