काठमाडौँ, २८ मंसिर । नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा खेल्ने र सट्टेबाजी नगर्न सूचित गरेको छ । राष्ट्र बैंकले सूचना निकालेर जुवा खेल्ने र सट्टेबाजी गर्ने काम गैरकानुनी भएको बताउँदै यस्ता कार्यमा संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह, संस्थालाई कानुनी कारबाही हुने जनाएको छ ।…