बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ६ भदौ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।