घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २६ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९८ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला २३ सय १५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।