कित्ताकाट रोकिँदा घट्यो घरजग्गा कारोबार

काठमाडौँ, ८ असोज । चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व घटेको छ । कित्ताकाट लिखत पारित ८१.४३ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा विभागले जनाएको छ । भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो । लगत्तै भदौ २४ मा मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी…