नेतृत्वविहीन सेयर बजारका नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

काठमाडौँ, २६ मंसिर । यतिबेला  सेयर  बजारका  महत्त्वपूर्ण  नियामक  निकाय  नेपाल  स्टक एक्सचेन्ज  र  धितोपत्र  बोर्ड  नेतृत्वविहीन  छन् ।  यसका  लागि  बजार सञ्चालक  र  नियामक  निकायमा  लामो  समयदेखि  रिक्त  रहेको प्रमुखहरूको  नियुक्ति  प्रक्रियालाई  चाँडो  टुङ्ग्याउन  लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । लामो  समयसम्म  यस्ता  निकाय  नेतृत्वविहीन  बन्दा  बजारको यो  हालत  भएको  बताउँछन्  लगानीकर्ता  सञ्जीव  पौडेल ।…