रसुवा, ३ साउन । गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन धार्मिक मार्गका विभिन्न स्थानमा आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । यस वर्षको गोसाइँकुण्ड मेला यही साउन १३ गते जनैपूर्णिमाको दिन परेको छ । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार मुख्य पर्वका दिन धार्मिकस्थलमा ठूलो भीड लाग्ने भएकाले दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, चिउरा, दालमोठलगायत…