पाँचथर, ३ माघ । पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ । पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले उक्त सहमति गरेको हो । छलफलबाट कम्पनीले उत्पादन गर्ने विद्युत् प्रसारण–वितरण लगायतका कार्यमा स्थानीयवासीले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने सहमति…