काठमाडौँ, २४ पुस । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ । एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम प्रयोग रकम झिक्दा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ । तर राष्ट्र बैंकले एक महिनामा बढीमा २ पटकसम्म मात्र रकम झिक्दा भने कुनै शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।…