राष्ट्र बैंकले प्रदान गरेको २% ब्याज सहुलियतको अलावा एनआईसी बैंकले थप १०% ब्याज छुट प्रदान गर्ने

काठमाडौँ, २२ वैशाख । नेपाल राष्ट्र बैंकले मिति २०७७ वैशाख १६ गते कोभिड–१९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २% ले कम गर्न पत्र संख्या बैं.वि.नि.नि/नीति/सूचना/२१/०७६/७७ मार्फत निर्देशन जारी गरेको छ । यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २% विन्दुले कम गरी आर्थिक…