काठमाडौँ, ३ वैशाख । सरकारी आग्रह अनुसार १ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका बैंकहरूलाई भने यो निर्णयले ठूलो रकम नाफा हुने भएको छ । यसबाट २७ वटा वाणिज्य बैंकलाई मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त नाफा हुने भएको हो । कोरोना भाइरस संक्रमणका कारण शिथिल अर्थतन्त्रलाई टेवा दिन राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अघि सारेको थियो…