भारतीय पक्षको आनाकानीले नेपाली ग्यास बुलेटमा २ अर्ब डुब्यो

काठमाडौँ, १३ मंसिर । भारतीय पक्षको आनाकानीले नेपाली ग्यास व्यवसायीको डेढ अर्बभन्दा बढी लगानी डुबेको छ । संविधान जारीलगत्तै भारतले लगाएको नाकाबन्दीबाट ‘पाठ’ सिकेर तत्कालीन केपी शर्मा ओली सरकारले भारतबाट ग्यास आयात गर्न आफ्नै ढुवानी गर्ने साधन ‘बुलेट’ राख्ने निर्णय गरेको थियो । बुलेट निर्माण गर्दा दुईतिहाइ भन्सार छुटसमेत दिइएको थियो । सरकारले उपलब्ध गराएको सुविधाका…