काठमाडौँ, ९ साउन । सिटिजन्स बैंक लिमिटेड नेपालगन्ज शाखामा भएको नक्कली र कम तौल सुन धितोकाण्डमा बैंकका प्रबन्धकसहित सात जनालाई जनही २५ लाख धरौटी माग गरिएको छ । ठगीकाण्डको बयान र थुनछेकका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास १ नम्बर बेन्चमा न्यायाधीश बिष्णुदेव पौडेलको इजलासमा आरोपितहरूको बयानपछि उनीहरूलाई जनही २५ लाख धरौटी माग गरिएको हो…