काठमाडौँ, २४ भदौ । नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलेसी बिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन् । बिमा कम्पनीले व्यवसाय विस्तारका लागि सहकारीका संघहरुका साथै प्रारम्भिक संस्थाहरुसँग सम्झौता गर्न थालेका छन् । बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुका साथै सहकारीहरुलाई संस्थागत एजेन्ट बनाएर विभिन्न पोलेसीहरु बिक्री गर्दै आएका थिए…