हलेसी प्रवेशमा शुल्क नलिन नगरको निर्देशन

खोटाङ, १९ साउन । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ । यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो । नगरपालिकाले दिएको निर्देशनलगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।…