काठमाडौं, १९ पौष । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ८ सयले बढेर प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।