काठमाडौँ, ३ साउन । नेपालले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ । राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी उक्त मञ्चको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले आज उक्त समीक्षा प्रस्तुत गरे । चालु आवमा नेपालले सात प्रतिशत आर्थिक…