घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १५ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८७ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १९ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।