जनप्रतिनिधिबीचको विवादले ४९ पालिका बेखर्ची

काठमाडौँ, ४ साउन । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच विवाद हुँदा ४९ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेर बेखर्ची भएका छन् । चालु आर्थिक वर्षका लागि असार १० भित्रै बजेट ल्याएर मसान्तसम्म पारित गर्नुपर्ने कानुनी प्रावधान भए पनि १ उपमहानगरसहित ३६ गाउँपालिका र १२ नगरपालिकाले बजेट पारित गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन…