काठमाडौँ, ११ जेठ । सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आवको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा जोड दिइएको छ । धार्मिक पर्यटनलाई बढावा दिने नीतिअनुरुप सरकारले लुम्बिनी, पशुपति, जनकपुरधामलगायत धार्मिकस्थलको विकासलाई निरन्तरता दिने भएको छ ।…