सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

सोलुखुम्बु, १० जेठ । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ । उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ३७ वर्षीय अंशुले पर्यटन विभागबाट…