‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरिक्षक बुद्विबहादुर गुरुङले बताए । ‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको…