राजदूत शेर्पाको बयान : परराष्ट्र मन्त्रालयका उच्च अधिकारी छक्क

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा सरकारले अझै निर्णय गर्न सकेको छैन । राजदूत शेर्पालाई लगाइएको आरोप सत्य हो या होइन भनेर छानबिन समितिले स्पष्ट नपारेपछि सरकार अन्योलमा परेको छ । तीन सदस्यीय समितिले शेर्पाविरुद्ध लागेको आरोपका विषयमा प्रतिवेदन बुझाउँदा दिएको धारणा नै ‘अस्पष्ट’ छ । सबै घटनाक्रम, सबै पक्षको बयान, कूटनीतिक अभ्यास र…