मानव विकास सूचकांक र आर्थिक-सामाजिक रुपले पछाडि परेका तराई-मधेसका स्थानीय तहले समृद्धिका लागि थप बजेट पाएका छन्। केन्द्रीय कार्यक्रमअन्तर्गतको तराई-मधेश समृद्धि कार्यक्रम (टीएमपीपी) मार्फत् २१ जिल्लाका लागि १ अर्ब ९० करोड रुपैया बराबरका कार्यक्रम योजना छनोट गरिएको हो। चालू अार्थिक वर्ष २०७५/७६ को कार्यक्रममा लागि सरकारले कूल २ अर्ब ३ करोड रुपैयाँ विनियोन गरेकोमा सम्भव…