भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन् । ठेकेदार छनौटनिम्ति अन्तिम मूल्यांकन पूरा हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका छन् । जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन् । महासेठले आयोजनाको ठेक्कासम्बन्धी सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा झिकाएका…