अन्तर्राष्ट्रिय तुलनामा नेपालमा हवाई इन्धन दोब्बर महँगो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दरभाउअनुसार हवाई इन्धन (एटीएफ) उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गर्ने भएको छ । आयल निगमले अहिले दोब्बर महँगोमा बिक्री गर्दै आएको छ । नेपालमा हवाईसेवा सञ्चालन गर्दै आएका स्वदेशी तथा विदेशी एयरलाइन्सले यहाँ हवाई इन्धन अन्तर्राष्ट्रिय बजारको तुलनामा दोब्बर महँगो भएको गुनासो गरेपछि मन्त्रालयले…