काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर उत्तरी छिमेकी चीनले दुवै देशसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्ने जनाएको छ । देउवाको भ्रमणलाई नजिकबाट नियालिरहेको उसले दुवै छिमेकीले नेपालको एकअर्काप्रतिको सम्बन्धमा विश्वास गर्नुपर्नेमा समेत जोड दिएको छ । प्रधानमन्त्री देउवा बुधबार भारतको राजकीय भ्रमणमा निस्केको केही घण्टापछि बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले यस्तो…