आफन्त गुमाउनेको पीडाः ‘आँखैअघि आमा र बहिनी बगे’

झापा, ३२ साउन । एकैपटक असह्य पीडाले सताउँदा मान्छे रुन पनि सक्दो रहेनछ ! मनमा गाँठो परेको वदना आँसु भएर पोखिन पनि समय लाग्दोरहेछ ! १७ वर्षे राजकुमार घोर्सानेका लागि पछिल्ला चार दिन यस्तै उकुुसमुकुसपूर्ण रहे । थाहा छैन, कलिलो मनमा परेको गहिरो चोट कसरी पुरिन्छ न राम्ररी बोल्नै सकेका छन्, न डाँको छाडेर रुन…