विपतको बीचमा राहतको पर्खाइ

काठमाडौं, २९ साउन । शुक्रबार रातिदेखि शनिबार दिनभर परेको भीषण वर्षापछिको डुबान र बाढीपहिरोले घर भत्किँदा ठूलो भौतिक र मानवीय क्षति भएको छ । शनिबार रातिसम्म ३३ जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले पुष्टि गरेको छ । बाढी प्रभावित तराई र पहिरो प्रभावित पहाडका जिल्ला–जिल्लाबाट सूचनाहरू संकलन भइरहेकाले मृतकको संख्या बढ्न सक्ने गृहप्रवक्ता दीपक काफ्लेले…