खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

मोरङ–सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको  छ । अहिले पनि कगजीरुपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५४० हेक्टरमा सीमित भएको हो । घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ । डिभिजन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले ३…