म्याग्दी, १६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम…