सम्पादकीय

यी हुन विदेशी बजारमा पाइने नेपाली समान



काठमाडौं, १६ साउन । आयात र निर्यातमा बढ्दो अन्तरबीच पनि नेपाली वस्तु तथा उत्पादनको विदेशी बजारमा उपस्थिति भने फैलँदै गएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार विदेशमा हजारभन्दा बढी किसिमका नेपाली सामानको निर्यात भएको उल्लेख छ ।

गत आर्थिक वर्षमा मात्रै नेपालबाट ७४ अर्ब ७१ करोड २६ लाख ५७ हजार रुपियाँ बराबरका एक हजार १३६ थरिका नेपाली सामान निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा करिब तीन दर्जन देशमा नेपाली सामान निर्यात भएको छ ।

मूल्यका हिसाबले सबैभन्दा धेरै निर्यात हुने वस्तुमा गलैँचा रहेको छ । विभागका अनुसार अघिल्लो आवमा सात अर्ब २९ करोड ९५ लाख रुपियाँ बराबरको गलैँचा विदेश निर्यात भएको छ । गलैँचा पछि विभिन्न किसिमका जुस नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु मध्ये दोस्रो स्थानमा छ । समीक्षा अवधिमा तीन अर्ब ५३ करोड ९० लाख रुपियाँको जुस निर्यात भएको छ ।

त्यस्तै यस बीचमा तीन अर्ब ५३ करोड ५८ लाख रुपियाँ बराबरका उनी वस्तु, तीन अर्ब २१ करोड २५ लाख रुपियाँका बुना कपडा निर्यात भएको तथ्याङ्क छ । दुई अर्ब ४३ करोड ७४ लाख रुपियाँसहित सल, मफलर लगायतका कपडा धेरै निर्यात हुने वस्तुको सूचीमा पाँचौँ स्थानमा छ ।

नेपालबाट गत आवमा जनावरको मासुदेखि दुग्धजन्य विभिन्न उत्पादन निर्यात भएका छन् । त्यस्तै मह, फलफूल, विभिन्न किसिमका तरकारी, अदुवा, अलैँचीजस्ता मसला, चामल, मैदा लगायतका खाद्यान्न पनि विदेश निर्यात हुने प्रमुख वस्तुमा छन् ।

त्यस्तै बोट बिरुवाका लागि आवश्यक बीउदेखि उखु, रुद्राक्ष, तेल, पास्ता, बिस्कुटजस्ता वस्तु पनि नेपालले निर्यात गरेको छ । जौबाट बन्ने नेपाली बियर पनि आधा दर्जनभन्दा बढी देशमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । चुरोट, कुकुर बिरालोका लागि खाना, पान मसाला, कार्बनडाइअक्साइड, विभिन्न किसिमका औषधि, कत्था, पेन्ट्स, आँखा र ओठका शृङ्गार सामग्री, स्याम्पु, शरीरमा लगाउने क्रिम, सलाई, तारपिन तेलजस्ता वस्तु पनि नेपालबाट विदेश निर्यात भएको छ ।

निर्माणका लागि आवश्यक पाइप, स्टिल, जस्ता, प्लास्टिक ट्युब पनि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा छन् । झ्याल ढोकाका लागि काठ, भान्साका लागि आवश्यक सामग्री, हाते कागज पनि नेपालले निर्यात गरेको छ । महिलाले प्रयोग गर्ने कपडाको पनि विदेशमा माग बढ्दैगएको पाइएको छ । विदेशमा नेपाली जुत्ताको निर्यात पनि तुलनात्मक रुपमा वृद्धि हुँदैगएको देखिएको छ । दाह्री काट्ने रेजरदेखि सवारीका एसेसरिज पनि विदेश निर्यात भएका छन् ।

निर्माणका लागि आवश्यक पाइप, स्टिल, जस्ता, प्लास्टिक ट्युब पनि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा छन् । झ्याल ढोकाका लागि काठ, भान्साका लागि आवश्यक सामग्री, हाते कागज पनि नेपालले निर्यात गरेको छ । महिलाले प्रयोग गर्ने कपडाको पनि विदेशमा माग बढ्दैगएको पाइएको छ । गोरखापत्रमा समाचार छ ।