पूर्वराजा ज्ञानेन्द्र वंशाणुगत रोगको सिकार

काठमाडौं, ५ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको धमनीमा दोस्रोपटक एन्जिओप्लास्टी गरिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार नर्भिक अस्पताल पुगेका उनको धमनीमा ब्लक देखिएपछि तत्काल एन्जिओप्लास्टी गरिएको हो । यसअघि सन् २०१४ मा मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्रको एन्जिओप्लास्टी गरिएको थियो । चिकित्सकहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्रको नसा ८५ प्रतिशत ब्लक भइसकेको थियो ।…