रामेछाप, २ साउन । लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा हुनुहुन्छ । श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ । दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ । विमानले पुरानो जस्ताले छाएको टहरामा…