सोलुखुम्बु, २६ असार । सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ । गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए । नियमित बाक्लो हुस्सु तथा नियमित पानी परिरहेको कारण विमानस्थलमा उडान हुन नसकेको जनाइएको…