तयार भयो माओवादीबाट मन्त्री बन्नेको नाम र मन्त्रालय

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको झण्डै तीन सोता बितेको छ । देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र प्रमुख सत्तासाझेदारी दलको भूमिकामा छ भने विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि सरकारमा सम्मिलित छ । देउवा सरकारमा माओवादीबाट कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मवारी लिँदै नेतृत्व गरेका छन् भने उनीसँगै…