काठमाडौं, १२ असार । राजधानीको गोंगबु, नयाँ बसपार्कको एक होटलमा नौ महिनादेखि बसिरहेका जडिबुटी व्यापारी दम्पती कविता दाहाल र गोपालबाबु श्रेष्ठ शनिबार बिहानै होटलबाट अपहरणमा परे । सूचना पाउनासाथ खटिएको महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई तीन घण्टामै मुक्त गर्यो । अपहरणमा संलग्न विप्लव माओवादी सम्बद्ध शक्ति विश्वकर्मा र उनलाई सघाउने अन्य तीन जना पक्राउ परे…