काठमाडौं, ६ असार । गतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार चुनावी…