स्थानीयले एकै रातमा बनाए तीन सय मिटर लामो ‘पर्कुपाइन’

इच्छाशक्ति भए जतिसुकै अप्ठ्यारा पनि पार लगाउन सकिन्छ भन्ने भनाईलाई मोरङ उर्लाबारी–८ दुर्गापुरीका बासिन्दाले व्यवहारमा प्रमाणित गरेर देखाएका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने आख्यानलाई यथार्थमा परिणत गर्ने गरी स्थानीयले लगातार १५ घण्टाको मिहिनेतबाट तीन सय मिटर भन्दा लामो बाँसको अस्थायी बाँध ‘पर्कुपाइन’ बनाएका छन् । असार अन्तिम साता परेको अबिरल वर्षाका कारण उर्लाबारीको…