राजपा चुनावमा नजाने निश्चित

काठमाडौं, २८ जेठ । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् । योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ ।…