रअ प्रमुख गोयल नेपालमा

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले…