काठमाडौं २६ वैशाख । फरक विचारधारा, सिद्धान्त र उद्धेश्य बोकेका प्रमूख दलहरूबीचको गठबन्धनले राजनीतिक धु्रवीकरण मात्र होइन राजनीतिमा अपवित्र संस्कारको थालनी गरेको छ । स्थानीय कार्यकर्ताको भावना र चाहाना विपरित नेपाली कांग्रेसले सत्तारूढ प्रमुख घटक माओवादी केन्द्रसँग गरेको गठबन्धनले पार्टी भित्रको असन्तुष्टि छताछुल्ल हुन थालेको छ। विचार, सिद्धान्त, कार्यशैली र उद्धेश्य फरक बोकेको दलका उम्मेदवारलाई मत…