बिशाक्त च्याउ खाएर बिरामी परेपछि मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङस्थित बिकट गाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचार गरिएका अर्का बालकको पनि बिहिबार साँझ मृत्यु भएको छ । च्याउ खाएका १३ दिनपछि ७ बर्षीय सोमसिं चेपाङको पनि मृत्यु भएको हो । बिशाक्त च्याउ खाँदा एकै घरका ४ जना बिरामी परेकामा सोमसिं सहित अन्य ३ जनाको ज्यान गइसकेको…