नागरिकता चकलेट बाँडेजस्तो होइनः ओली

काठमाडौं, ३० फागुन । एमाले अध्यक्ष केपी ओलीले केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न नसकिने बताएका छन् । मेची–महाकाली अभियानअन्तर्गत आइतबार भैरहवाको अञ्चलापुरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । ‘उहिले–उहिले रानीको जन्मदिनमा केटाकेटी जम्मा पारेर चकलेट बाँडिन्थ्यो । नागरिकता त्यसरी सीमामा अरू देशका मानिस जम्मा गरेर बाँड्न सकिन्न,’ ओलीले भने,…