काठमाडौं, १८ फागुन । सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ । अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरेको मौका छोपी व्यापारीले चिनीको भाउ एकाएक बढाएका हुन् । अहिले चिनीको भाउ बढेर किलोको ९५ रुपैयाँभन्दा माथि पुगेको छ । गत महिना ९० रुपैयाँ पुगेकोमा व्यापारीले अहिले फेरी कालोबजारी गर्दै पाँच रुपैयाँ…